Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • अमेरीकामा ‘चि मुसी चि’ भब्य प्रर्दशन

    कलिउड अपडेट ।
    नेपालमा औषत व्यापार गरेको चलचित्र ‘चि मुसि चि’ ले अमेरीकामा भने राम्रो सुरुवात गरेको छ । पहिलो शो बाटै करीब ३० हजार डलर को कारोबार् गर्दै नेपाली फिल्म चि मुशी चि ले अमेरिका को क्यलिफोर्निया राज्य बाट प्रदशन थालेको छ।
    सम्भवत नेपाली फिल्म ले एकै शो बाट बे एरिया मा यती का रकम सङ्कलन गरेको यो नै पहिलो चोटि हुनु पर्छ। दर्शक बाट फिल्म को राम्रो प्रतिकृया आए पछी आयोजकद्वय अनिल पाण्डे र प्रिन्स युबराज कार्की दङ छन। निकै नै राम्रो पुब्लिसिटी गरेका कारण ले नै होल कारीब ४०० जना दर्शक ले यो फिल्म लाई साथ् दिएका थिए। Weekdays  अथवा  मंगलवार को दिन भय पनि यती धेरै दर्शक आउनु आँफै मा आस्चार्य भएको कुरा पर्बेक्ष्क हरु बताउछन।

    दिनेश श्रेष्ठले निर्देशन गरेको चि मुसी चिको पहिलो सो यही डिसेम्बर ११ मंगलवार अल्बानीको ल्यान्डमार्क थेटर (1115 Solano Ave, Albany) मा सम्पन्न भएको थियो। यस फिल्म लाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन्। यो फिल्मबाट नै नायक सुनिल क्षेत्री र नायिका अलिशा शर्माले डेब्यु गरेका हुन् । सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइबालगायतका कलाकारहरूको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements


  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4