कलिउड अपडेट ।
चलचित्र चि मुसि चि को टाइटल गीत सार्बजनिक गरिएको छ । नेपाल आइडलकि सफल प्रतिस्पर्धि सुजाता पाण्डेको आवाज मा नायीका नम्रता सापकोटाले गीतमा कम्मर मर्काएकि छिन् ।
सन्तोष पोखरेलको शब्द एव कर्णराज कार्किको संगीत रहको गीतलाइ बिक्रम स्वारले कोरियोग्राफि गरेका छन् । सिल्भरलेक पिक्चर्स , अनिल पाण्डे तथा प्रिन्स युवराज कार्किको प्रस्तुती चलचित्र चि मुसि चि का निर्देशक दिनेश श्रेष्ठ हुन् ।
अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन् ।
सुनिल क्षेत्री, सुशान्त कार्की, अलिशा शर्मा, शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा ससा्रक बस्याल लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।