कलिउड अपडेट ।
चलचित्र चि मुसी चि गत शुक्रबार बाट प्रर्दशनमा आयो । चलचित्र हेर्ने दर्शकको संख्या कम छ तर जति दर्शकले हेरे चलचित्रको तारिफ गरेका छन् । चलचित्रले राम्रो माउथ पव्लिसिटि पाएको छ । सस्पेन्स थ्रिलर चलचित्र चि मुसि चि को व्यापार लाइ लिएर निर्माता शिवराज कार्कि सिस्टमलाइ दोष दिन्छन् । एक सातामा हिन्दि फिल्म सहित ४ वटा चलचित्र प्रर्दशन हुनुले पनि चि मुसि चि लाइ प्रभाव पारेको दुखेको व्यक्त गरेका छन् ।
यध्यपि चलचित्र हेरे पछि दर्शक बाट पाएको प्रतिकृया प्रति भने कार्कि खुसि देखिन्छन् ।
कलिउड अपडेट संग कुरा गर्दै कार्किले नयाँ कलाकार लिएको कारण ले हुन सक्छ दर्शकले फिल्मलाइ नपत्याउनु भएको तर चलचित्रमा डेब्यू कलाकार सुनिल र एलिसा शर्माको काम राम्रो देखिएको छ । चलचित्रका अर्का मुख्य कलाकार शुशान्त कार्कि अहिले सम्मकै फरक क्यारेक्टरमा र लुक्समा देखिएका छन् । नेपाली फिल्म नगरीमा परीचित अनुहार नायक कार्किको यस पटकको कामलाइ पनि दर्शकले मन पराएका छन् ।
दिनेश श्रेष्ठको निर्देशन रहेको यो चलचित्र ले दुइ हिरो र एक हिरोइनको कथा बोल्छ ।यस फिल्मको निर्मातामा अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ छन् । यस्तै, कार्यकारी निर्मातामा शिवराज कार्की छन् भने अनिल पाण्डे र प्रिन्स युवराज कार्की प्रस्तुतकर्ता हुन् ।
हेरौ फिल्म हेरिसके पछि दर्शकले दिएको प्रतिकृया ।