Like us on facebook

Advertisements

  • कलाकारको कारण दिपाश्री तनाबमा , यस्तो छ बर्षाको गेटअप

    जेठ ३० , कलिउड अपडेट ।
    चलचित्र छक्का पन्जाको छायांकन अन्तिम चरणमा पुगेको छ । यो चलचित्रको सम्पूर्ण छायांकन जेठ ३१ बुधबार सकिदैछ । चलचित्रका कलाकारको कारण छायांकन अबधिभर तनाबै तनाब भएको निर्देशक दिपा श्री निरौलाले बताएकि छिन् ।

    आखिर किन तनाव भयो त दिपाश्री निरौलालाइ ?
    केहि दिन अघि चलचित्रकि कलाकार बिमला गिरिले चलचित्र छक्का पन्जा २ को छायांकन स्थलका केहि तस्विर सार्वजनिक गरिन् । जहाँ चलचित्रका मुख्य कलाकार बर्षा रावत , किरण केसि तथा जितु नेपाल देखिएका थिए । त्यहि फोटो कलाकार किरण केसिले पनि फेसबुक मार्फत सार्वजनिक गरे । तस्विरहरुले ति कलाकारहरुको  फिल्म् भित्रको  लुक्स सार्वजनिक गरिदिएको छ । छक्का पन्जा भन्दा भिन्न रुपमा नायीका बर्षा रावतको लुक्स बाहिरिएको छ । यसरी केहि कलाकारले छायांकनको तस्विर भन्दै सार्वजनिक गरेपछि निर्देशक निरौला तनावमा आएकि छिन् । तस्विरले छक्का पन्जा भन्दा छक्का पन्जा २ कति फरक या कति उस्तै भन्ने स्वत देखाउछ ।


    ‘कलाकारहरुलाइ फोटो हाल्नै हतार हुन्छ , कलाकार आफैले बुझ्नु पर्ने हो , कन्ट्रोल नै गर्न सकिएन’ कलिउड अपडेट संगको कुराकानिमा निरौलाले बताइन् । अर्को सिनेमा बनाउदा छायांकनमा जानु अघि कलाकार संगै तस्विर सार्वजनिकको नगर्ने सर्तमा छुट्टै एग्रिमेन्ट गर्ने उनी बताउछिन् ।


    थकित दिपक दिपा ।
    सार्वजनिक भएको एक तस्विरमा दिपक राज गिरि तथा दिपाश्री निरौला थकित अवस्थामा थाहै नपाइ खिचिएका तस्विर पनि सार्वजनिक भए । दिपक दिपा दर्शकको रोजाइका लोकप्रिय कलाकार हुन् । ति कलाकारका यस्ता तस्विर सार्वजनकि ले उनिहरुको लोकप्रियतामा असर नपर्ला भन्न सकिन्न ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4