Like us on facebook

Advertisements

  • छक्का पन्जा सिरिजकै उत्कृष्ट रेस्पोन्स छक्का पन्जा ३ लाइ

    कलिउड अपडेट ।
    छक्का पन्जा निर्माण हुदै तेश्रो सस्करण सम्म आइ पुग्दा छक्का पन्जा एउटा ब्रान्ड भइसकेको छ । कमेडी जनरामा सामाजिक कथा लाइ प्रस्तुत गर्दै यो सिरिज अगाडि बढिरहेको छ । बैदेशिक रोजगारी , स्डडि भिसा र डिपेन्डेड भिसा जस्ता बिषय उठान गर्दै आएको यो सिरिजले यस पटक शिक्षाको क्षेत्रलाइ समेटेको छ ।
    छक्का पन्जा १ र २ को तुलनामा यो पटक चलचित्रले दर्शकबाट उत्कृष्ट रेस्पोन्स पाएको निर्माता एव नायक दिपक राज गिरि बताउछन् । युटुबमा छोडिएका गीत एव ट्रेलरलाइ अगाडिको छक्का पन्जा १ र २ भन्दा ३ लाइ दर्शकले धेरै माया र साथ दिएको गीरी बताउछन् । छक्का पन्जा सिरिजलाइ आजकाल पैसा छाप्ने मेसिन पनि भन्न थालिएको छ । निर्देशक दिपाश्री निरौला भने यस्तो प्रतिकृयालाइ आफ्नो सफलता सम्झिन्छिन् ।
    घटस्थापनाको दिन बाट प्रर्दशनमा आउने चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरि , दिपिका प्रसाइ , केदार घिमिरे माग्ने बुढा , जितु नेपाल , बुद्धि तामाङ , शिवहरी पौडेल , किरण केसि , निर शाह , जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4