Like us on facebook

Advertisements

  • साधारण तारेखमा छाडिए छबिराज ओझा

    मंसिर २४ , कलिउड अपडेट ।
    छबिराज ओझा र शिल्पा पोखरेल केशमा पुन नयाँ ट्वीस्ट आएको छ । छबि र शिल्पालाइ छबि कि पहिलो श्रीमती हेमा ओझाले बहुबिबाहको मुद्धा दायर गरेकि थिइन् । न्यायधिस मुकेश उपाध्यायको एकल इजालसले छबिराज ओझालाइ साधारण तारेखमा राखेको छ ।
    लामो समय देखी महीला हिंसा, विवाद सँगै प्रहरी हुदै अदालत सम्म पुगेको छविराज ओझा र शिल्पा पोखरेल को केसले आजबाट अर्को मोड लिएको छ । शिल्पासँग विवाह गरेर बसेका छविराजलाई उनिहरुको पारिवारीक विवादले उग्र रुप लिइसकेपछी छवि की पहीलो श्रीमती हेमा ओझाले हालेको बहु विवाहको मुद्धा हाले पछि दुवै जनाको केसले जटील रुप लिएको थियो । हेमाले हालेको केसको आधारमा सम्मानीत जिल्ला अदालतले दुवै जना विरुद्ध गरेको पक्राउ पुर्जी पछी भागाभाग भएका शिल्पा र छविले दुवै जनाले आफुलाई बचाउ गर्न उच्च अदालत हुदै सर्बोच्च अदालत पुगेका थिए ।
    शिल्पालाई साधारण तारिखमा छोडेको सम्माननीय जिल्ला अदालत काठमाण्डौले आज न्यायधीस मुकेश उपाध्यायको ईजलासले छविराज ओझालाई पनी साधारण तारीखमा छोडेको छ । अदालतले छवि र शिल्पालाई हाजीर हुनको लागी तारेख दीएको छ । अब उनिहरु बिच सोही अदालतमा अंश मुद्धा, माना चामलको मुद्धा र सम्बन्ध विच्छेदको मुद्धा चलीरहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4