श्रावण ८ , कलिउड अपडेट ।
निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ पुजी जारी गरेको छ । छविकी पहिली श्रीमती हेमा ओझाले उनीहरुविरुद्ध बहुविवाहको निवेदन दिएकी थिइन्। सोही अनुसार अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। बुधबार छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं जिल्ला अदालतको मुद्दा फाटका अधिकृत टीकासिंह खत्रीले जानकारी दिए।
महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले छवि र शिल्पाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जानकारी आएको भए पनि अहिलेसम्म प्राप्त नभएको बताए। डीएसपी बोगटीले भने, ‘पक्राउ पुर्जी प्राप्त भएलगत्तै उनीहरुलाई पक्राउ गर्छौँ।’