Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ‘यात्रा’को चट्ट ‘रुमाल क्या मालुम’ सार्वजनिक (भिडियो)

    कलिउड अपडेट , काठमाण्डौ ।
    चैत्र २९ गते बाट प्रर्दशनमा आउने चलचित्र यात्रको चट्ट रुमाल बोलको गीत सार्वजनिक भएको छ । पुरानो चलचित्र आफ्नो मान्छेमा समावेश गीत चट्ट रुमाल क्या मालुम लाइ रिमेक गर्दैै यो गीत यात्रामा राखिएको हो ।
    शम्भुजित बास्कोटाको संगीत रहेको यो गीतमा धर्मेन्द्र सेवान र मेलीना राइको आवाज रहेको छ । पुरानो गीतमा भने शम्भुजित बास्कोटा र साधना सरगमको आवाज सुन्न सकिन्छ ।

    केशव भट्टराइ र शुशिल पोखरेलको निर्माण रहेको चलचित्र यात्रालाइ सम्राट शाक्यले निर्देशन गरेका हुन् । चलचित्रमा सलिनमान बानियाँ , सलोन बस्नेत ,जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ ।
    यसैचलचित्र मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । चलचित्रमा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता छन् बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह( निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । चलचित्रमा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् ।
    हेरौ चट्ट रुमाल क्या मालुम

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4