Like us on facebook

Advertisements

  • बेशीसहरमा होस्टेल रिटन्सको च्यारिटी सो

    hostel retuns ticket

    जनक श्रेष्ठ, लमजुङ / श्रावण ११ ।

    नेपाली कथानक चलचित्र होस्टेल रिटन्सको च्यारिटी सो अन्नपुर्ण चलचित्र मन्दिर बेशीसहरमा प्रदर्शन, सिभील इन्जिनियरिङ विद्यार्थीको कथामा आधारित नेपाली कथानक चलचित्र होस्टेल रिटन्सको च्यारिटी सो अन्नपुर्ण चलचित्र मन्दिर बेशीसहरमा प्रर्दशन गरिएको छ । चलचित्र निर्देशक सुरज भुसालको निर्देशन र सुनिल रावलको उत्पादन रहेको चलचित्र होस्टेल रिटन्सको च्यारिटी सो हेर्न दर्शकको भिड लागेको छ । भुकम्पका कारण क्षतिग्रस्त भएका लमजुङको विद्यालयको पुर्ननिर्माणमा सहयोग गर्ने उद्धेश्यले आयोजना गरिएको चलचित्र होस्टेल रिटन्सको च्यारिटी सोमा दर्शकहरुको उत्साहजनक सहभागीता रहेको थियो । च्यारिटी सोमा चलचित्रका निर्देशक सुरज भुसाल, कलाकारहरु सुशील श्रेष्ठ, अवय बराल र सुसिल सिटौलाको समेत सहभागीता रहेको थियो । १२ बजेदेखि ३ बजेसम्म पहिलो सो र ३ बजेदेखि ६ सम्म दोस्रो सो गरी दुई चरणमा चलचित्र देखाइएको थियो । च्यारिटी सो को टिकटदर १ हजार रुपैँया र ५ सय रुपैँया गरी तोकीएको थियो । सहयोगार्थ टिकट दर भनिएपनि यो केही महङ्गो भएको केही दर्शकहरुले बताएका थिए । टिकट शुल्क महङ्गो भएकै कारण चलचित्र हेर्ने मन भएरपनि हेर्न नपाएको कतिपयले गुनासो समेत गरेकाछन् ।

    hostel returns

    सिभील इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरुको घटना यस चलचित्रमा उतारिएको छ । बुटवलको के.एन.आइ.के ( कोरीया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी ) र काठमाण्डौँका केही ठाउँमा छायांकन गरिएको सो चलचित्रमा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, प्रदिपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठको मुख्य भूमिका रहेको छ । यो चलचित्रमा ‘होस्टेल’का कुनै पनि कलाकारलाई दोर्होयाइएको छैन । चलचित्रमा होस्टेलको कथा, मित्रता र प्रेमलाई चित्रित गरिएको छ । ‘सायद र होस्टेल’ जस्ता हिट सिनेमा दिएसँगै दुर्गिस फिल्मको ब्यानरमा होस्टेल रिटन्स चलचित्रको निर्माण गरिएको हो । चलचित्रमा स्याडोज ब्याण्डका गायक स्वप्नील शर्माको संगीत छ भने चन्द्र पन्तको द्धन्द्ध रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4