Like us on facebook

Advertisements

  • चर्चा प्रदिपकै

    असोज २ , कलिउड अपडेट ।

    यतिबेला जताततै एउटै नामको चर्चा छ , प्रदिप खड्का । चलचित्र प्रेमगीत २ ले ५१ दिन मनाइसक्यो , फिल्म ले राम्रो प्रतिकृया पनि पायो अनि झन् धेरै तारिफ प्रदिपले । यसर्थ पनि प्रदिपको चर्चा झन बढिरहेको छ ।


    प्रेमगीत २ बाट प्रदिपको चर्चा सेलाउन नपाइ अर्को चलचित्र बाट उनको खुवै चर्चा भयो त्यो हो लिलिबिली । लिलिबिली बाट यसर्थ पनि चर्चा बढ्यो कि उक्त चलचित्र बाट उनले २२ लाख पारिश्रमिक लिए , त्यति मात्र होइन दुइ देशको राइटस् पनि लिए । पारिश्रमिक लिने कुरा बाहिर आए संगै फिल्म घोषणामा उनले लिएर आएका ४ बिदेशि बडिगार्ड बाट झन् उनको चर्चा चुलियो । कतै नकारात्मक टिप्पणि त कतै सकारात्मक । सामाजिक सन्चालमा उनले लिएको पारिश्रमिक र बडिगार्डका बिषयमा ठूलै बहस पनि भयो ।
    आइतबार मात्र चलचित्र प्रेमगीत २ को ५१ दिनको कार्यक्रममा प्रदिपलाइ निर्माता सन्तोष सेनले ५३ लाखको गाडि उपहार दिए । चर्चामा अर्को चर्चा थपियो ।

    हुन त हाम्रो सानो फिल्म क्षेत्रमा सानो कुराले पनि ठूलो चर्चा पाउछ तर लामो समय देखि चर्चाको शिखरमा छ्न् अहिलेका डिमान्डेट नायक प्रदिप खड्का । हुन पनि उनको यो चर्चा जायज छ । उनले अभिनय गरेका फिल्मले ५१ दिन मनाउनु सामान्य भइ सक्यो । धेरै चलचित्र छोडेर सेलेक्टेड फिल्म रोज्नु पनि प्रदिपको स्टारडम देखिन्छ । भनिन्छ स्टारडम अरुले बनाइदिने होइन आफै बनाउनु पर्छ । यो मामलामा प्रदिप अग्रस्थानमा आउछन् । यदि जुन पायो त्यहि फिल्म खेलिदिएको भए सायद प्रदिप खड्का आजको प्रदिप खड्का हुदैनन् थिए ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4