जेठ २९ , कलिउड अपडेट ।
नेपाली , हिन्दी र भोजपुरी भाषाका चलचित्रमा बराबर सक्रिय द्धन्द निर्देशक चन्द्र पन्त यतिबेला नेपालमा पनि व्यस्त छन् ।
भर्खरै लप्पनछप्पनमा द्धन्द निर्देशन गरेका पन्त हिफाजत २ र हिरो रिटन्स पनि साइन गरिसकेका छन् । उनको व्यस्तता संगै उनी महंगा फाइट डाइरेक्टरको रुपमा पनि चिनिन्छन् ।
हाल सम्म ४० भन्दा बढि सिनेमामा द्धन्द निर्देशन गरिसकेका पन्तले हालसालै मात्र अन्र्तराष्ट्रिय स्तरको द्धन्द निर्देशन संग सम्वन्धित वर्कसपमा सहभागिता जनाएर नेपाल फर्केका छन् । राम्रो फिल्म छानेर मात्र चलचित्र गर्ने बताउने पन्तले काम गरेका अधिकाश चलचित्र नेपाली बक्स अफिसमा सुपरहिट भएका छन् । भर्खरै हिफाजत २ साइन गरेका पन्तको बारेमा निर्माता छबिराज ओझाले पनि खुलेरै तारिफ गरे । उनको काम प्रतिको लगावको कारण आफूले हिफाजत २ मा लिएको निर्माता ओझा बताउछन् ।