पुस २५ , कलिउड अपडेट ।
चलचित्र ‘कसैले नभन्नु’ ले रिलिजको डेट नजिकिँदै गर्दा प्रमोसनलाई पनि तिव्रता दिइएको छ । यो चलचित्र २२ माघमा देशभर रिलिज हुँदैछ । प्रमोसनकै क्रममा चलचित्रको एउटा आइटम गीत र प्रोमो सार्वजनिक गरिएको छ । चलचित्रको आइटम ‘चम्पाकली’ बोलको गीतलाई यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा निरामिकाले हट आइटम डान्स गरेकी छन् । निरामिकासँग आइटममा देखिएका छन्, निर्माता शिवहरि रेग्मी पनि ।
अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रको निर्देशन मन्दिप रानाले गरेका हुन् । निर्माणपक्षले यस चलचित्रलाई ‘अन्तरजातीय म्युजिकल लभस्टोरी’ भनेका छन् । प्रस्तुतकर्ता सर्जु लामिछाने रहेको यस चलचित्रको निर्माण शिवहरि रेग्मीले गरेका हुन् । चलचित्रमा द्वन्द्व जनक गुरुङ, संगीत रामचन्द्र श्रेष्ठ र भीम बिसी, छायांकन राहुल राई तथा नृत्य निर्देशन दीलिप ओखडाको रहेको छ । चलचित्रमा किशोर केसी, आयुष्मा कार्की, देशभक्त खनाल, दिनेश शर्मा, पुष्कर भट्ट र शिवहरि रेग्मीको मुख्य अभिनय रहेको छ । यस चलचित्रलाई वितरण करण श्रेष्ठ ‘क्रेजी’ले गर्दैछन् ।