कृष्ण समीपको ‘चलन माया चल’ सार्वजनिक (भिडियो

कलिउड अपडेट ।
गायक कृष्ण समीप सुवेदीले सात बर्षपछि आफ्नै प्रस्तुतीमा गीत सार्वजनिक गरेका छन् । ‘चलन माया चल’ बोलको गीत भिडियो सहित यूट्यूब मार्फत सार्वजनिक गरिएको हो ।

यसअघि ‘सिर सिर बतास’, ‘मेरो कल्पनामा आउने मान्छे तिमी’, ‘मनको तिर्खा मेट्न’, ‘माझी दाईको जिन्दगी’ जस्ता आधुनिक, पप, लोक तथा दोहोरी गीतहरुका गायक सुवेदीले यसपटक लामो समयपछि पुन: संगीतमा फर्किँदा फरक गीत लिएर आएको बताए । यस गीतमा हरेक पक्ष उत्कृष्ट बनाउने प्रयास गरिएको उनले बताए ।

शब्द तथा संगीत गायक स्वयंको रहेको छ भने स्वरमा गायिका कृष्णा खनालले साथ दिएकी छन् । गीतको भिडियोमा टिकटकमा चर्चित सुन्दर एस.डि.एस. ‘लास्ट किङ्ग’ र जुना सुन्दासको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजबाहकले निर्देशन गरेका छन् भने ज्ञानेन्द्र शर्माको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन तथा कलर करेक्शन रहेको छ ।

Share the News

Related News

Adverstisements

Latest Videos

  • Video 1

  • Video 2

  • Video 3

  • Video 4