भाद्र १२ , कलिउड अपडेट ।
अध्यक्ष नहुँदा चलचित्र बिकाश बोर्डको नियमित कामकारबाहिमा असर परेको भन्द्र सन्चारमन्त्रि मोहन बहादुर बस्नेतले अर्को व्यवस्था नहुन्जेल सम्मको लागि भन्दै बोर्डमा नयाँ अध्यक्ष नियुक्त गरेका हुन् । केहि दिन अघि मात्र बोर्ड अध्यक्षको आवेदन को लागि राष्ट्रिय दैनिकमा सुचना प्रकाशित गरीएको थियो ।
चलचित्र सेन्सर बोर्डका अध्यक्ष तथा सुचना तथा सन्चार मन्त्रालयका सहसचिव रामचन्द्र ढकाल बोर्ड अध्यक्षमा गएका हुन् । गत जेठ २४ मा बोर्ड अध्यक्ष राजकुमार राइको कार्यकाल सकिए पछि बोर्ड अध्यक्ष बिहिन बनेको थियो । बिकाश बोर्डकै एक सदस्यले ढकालको कार्यकाल २ महिना देखि २ बर्ष सम्मनै जान सक्ने संकेत गरेका छन् ।