असोज २४ , कलिउड अपडेट ।
चलचित्र छक्का पन्जाले बम्पर व्यापार बाट उत्साहित दिपक दिपाको टिमले चलचित्र छक्का पन्जा २ निर्माण गर्यो । व्यावसायीक रुपमा चलचित्र छक्का पन्जा २ पनि सुपरहिट भयो । चलचित्र छक्का पन्जा २ को प्रचार प्रसार सामग्रि सार्वजनिक भए पछि बिभिन्न आरोप खेप्दै आएको यो टिमले दर्शक र समिक्षकले देखाएका कमजोरि स्विकार गरेको छ ।
आगामि दिनमा दर्शकले देखाएको कमजोरि लाइ सुधार गर्ने भन्दै निर्माता एव कलाकार दिपकराज गीरीले आफ्नो फेसबुक मार्फत आधाकारीक रुपमा छक्का पन्जा ३ को घोषणा गरेका छन् ।
छक्का पन्जा भन्दा पनि छक्का पन्जा २ बिभिन्न पक्षमा चुकेको भन्दै सामाजिक सन्जालमा आलोचित हुदै आएको छ । यध्यपि चलचित्रको व्यापार भने उच्च छ । छक्का पन्जा ३ मा भने दिपक दिपाको टिमले छक्का पन्जा ब्रान्ड मात्र बेच्ने हो कि कन्टेन्ट नै बेच्ने हुन् ? दिपक दिपालाइ थप च्यालेन्ज भने पक्कै थपिएको छ ।