श्रावण २ , कलिउड अपडेट ।
निर्माता छबिराज ओझाको कार्यलय पुरानो बानेश्वर स्थित नमस्ते नेपाल नेपाली चलचित्र क्षेत्रका व्यक्तिको लागि नौलो नाम होइन । निर्माता छबिराज ओझाले २१ बर्ष अघि नमस्ते नेपाल नामक कम्पनी खोलि फिल्म बनाउन थाले पछि उनको सो कार्यलय लाइ नमस्ते नेपाल भनिन थाल्यो तर निर्माता ओझा उक्त स्थान छोडेका छन् । नमस्ते नेपाल कम्पनीले हिरो , कस्तो साइनो र यस्तै रहेछ जिन्दगी निर्माण गरेका थिए भने त्यस पछि रेखा फिल्मस् र अहिले छबिराज प्रोडक्सनबाट चलचित्र बनाउदै आएका छन् ।
दोश्रो श्रीमती स्वर्गिय गीतान्जली देखि रेखा थापा सम्मका तिता अनि मिठा पल लाइ त्यागेर उनले उक्त आफ्नो अफिस छोड्दैछन् । स्वर्गिय नायीका गितान्जली संगको बिबाह अनि उनले आत्महत्या गरेका ठाउ त्यहि नमस्ते नेपाल हो ।
पुरानो टिनको दराज भित्र रहेका गितान्जलीका कपडा देखाउदै भाबुक मुद्रामा छबिले उनको धेरै याद त्यहि भएको बताए । गितान्जलीको कपडा राख्ने दराज बाट कपडा निकालेर उनले आफू संगै लगेका छन् । यस्तै नायीका रेखा थापा संग बिहे भए पछि उनि नमस्ते नेपालमै बस्दै आए तर बिस्तारै नायीका रेखा स्टार बन्दै गए पछि गौरिघाटमा घर बनाइ उता बस्न थाले भने नमस्ते नेपाल पूर्ण रुपमा अफिस बन्यो । रेखा र छबि ले बैबाहिक जिवन करिव १ बर्ष नमस्ते नेपालमै बिताए । रेखा संग सम्वन्धित र उनलाइ याद दिलाउने धेरै भौतिक चिजहरु नमस्ते नेपालमै छोडि मात्र यादहरु बोकि उक्त ठाउ खालि गरि छोडेका छन् ।
नमस्ते नेपाल त्यहि स्थान हो जहाँ बाट अहिलेका स्टारहरु , स्व श्रीकृष्ण श्रेष्ठ , रेखा थापा , आर्यन सिग्देल , किशोर खतिवडा , जिवन लुइटेल ,पुजना प्रधान, सबिन श्रेष्ठ , बिराज भट्ट , शिल्पा पोखरेल , रजनि केसि , पृथ्वी राज प्रसाइ लगायतका कलाकारहरुको जन्म भयो । थुप्रै निर्देशक हरु नमस्ते नेपाल बाट नै आफ्नो करिअरलाइ सुरुवात गरे । बिश्व बस्नेत , सबिर श्रेष्ठ , बिष्णु कल्पित , चन्द्र पन्त , मदन घिमिरे, ले आफ्नो फिल्मी करिअर त्यहि नमस्ने नेपाल अफिस बाट स्थापित गराए ।
२१ बर्ष एउटै स्थानमा बसेर उनले धेरैलाइ एक आम सर्वसाधारणलाइ स्टार बनाइदिए । २१ बर्षको अन्तरालमा २३ वटा फिल्म निर्माण गरेका छबिराज ओझाले उक्त स्थान लिजमा लिएर अफिस सन्चालन गरि फिल्म निर्माण गर्दै आएका थिए ।
जिन्दगिको यतिलामो समय र जिन्दगिका आरोह अवरोह बिताएको ठाउ छोड्नु पर्दाको पिडा निर्माता ओझाको अनुहारमा प्रष्टै झल्किन्थ्यो ।
अब देखि ओझाले आफ्नो काम , भेटघाट , कलाकार छनौट , स्कृप्ट आदि काम आफू अध्यक्ष रहेको अर्को अफिस कान्तिपुर फिल्म एकेडेमि बाट सन्चालन गर्ने भएका छन् भने फिल्म निर्माणको समयमा आफ्नै घरमा खालि रहेका दुइ फ्ल्याट बाट गर्ने बताएका छन् ।