Like us on facebook

Advertisements

  • ‘बटरफ्लाइ’ को शिर्ष गीतले केहि कथा बोल्छ

    पुस १४ , कलिउड अपडेट ।
    यहि पौष २८ बाट दर्शकमाझ आउने तयारीमा रहेको फिल्म’बटरफ्लाइ’को शिर्ष गीत रिलिज भएको छ । रिलिजको दिन नजिकिँदै गर्दा निर्माण टिमले फिल्मको ‘टाइटल गीत’ रिलिज गरेको हो । यसअघि रिलिज फिल्ममा समावेश ‘म गाउँदिन अब गीत गजल’ बोलको गीत युट्युवमा हिट बनिसकेको छ । १० लाख बढिले उक्त गीत हेरिसक्दा निर्माण टिमले नयाँ गीत बाहिर ल्याएको हो ।

    स्याड भर्सनको सार्वजनिक शिर्ष गीतमा स्वर युवराज चौलागाईंको छ भने संगीत विकास चौधरीले भरेका छन् । सुरज लामिछानेको शब्द समावेश गीतको सार्वजनिक भिडियो निर्देशन कविराज गहतराजको छ । गीतमा लिड कलाकार आर्यन अधिकारी र प्रियंका कार्की फिचरिङमा छन् ।

    आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित लिड अभिनयमा रहेको ‘बटरफ्लाइ’लाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा विकाससँगै अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ ।

    सुरेश बज्राचार्यले खिचेको फिल्मका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेको फिल्ममा मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी ‘सखा’, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले फिल्म सम्पादनको काम गरेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4