Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • ब्रेकअपको दोश्रो गीतमा आशिरमान र शिल्पाको यस्तो सिन (भिडियो)

    कलिउड अपडेट । चलचित्र ब्रेकअपको पहिलो गीत ‘आज हाम्रो भेट भाको दिन’ पछि दोश्रो गीत ‘हरपल’ सार्वजनिक गरिएको छ । गीतमा स्वर तथा संगीत बिराज गौतमको रहेको छ भने प्रकाश मल्लको शब्द रहेको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिरमान देशराज जोशी र शिल्पा मास्केको रोमान्स रहेको छ ।

    हेमराज बिसिको निर्देशन रहेको यस चलचित्रमा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ । बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा, पटकथा लेखन पनि हेमराज बिसिकै रहेको छ । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4