Like us on facebook

Advertisements

  • रोहित अधिकारीको ‘ब्रेकअप’ , आशिरमान देशराजलाइ १५ लाख !!!

    जेठ १६ , कलिउड अपडेट ।
    चलचित्र गाजलु बनाएर स्थापित भएका निर्माता रोहित अधिकारीले अर्को प्रोजेक्ट सुरु गरेका छन् । चलचित्र हो ब्रेकअप । चलचित्र ब्रेकअपको लागि उनले नायक छनौट गरिसकेका छन् । चलचित्रको लागि नायक आशिरमान देशराज लाइ १५ लाख मा एग्रिमेन्ट गरेका छन् । देशराजको पहिलो फिल्म ग्याङस्टार व्लुज पोष्टप्रोडक्सनमा छ ।


    चलचित्र ब्रेकअपलाइ हेमराज बिसिले निर्देशन गर्दैछन् भने यो चलचित्र रोहित अधिकारी फिल्मस् र ह्याप्पी प्लानेट फिल्मस्को संयुक्त व्यानरमा निर्माण हुदैछ । फिल्मको कथा बस्तु मन परेको कारण यो चलचित्रमा अभिनय गरेको देशराज बताउछन् । १५ लाख डिमान्ड गरेको नभइ आफूलाइ निर्माता अधिकारीले अफर गरेको पनि उनले स्पष्ट पारेका छन् । नायक देशराज अनमोल केसि पछि महंगो पारिश्रमिक लिने नायक बनेका छन् ।
    यता निर्माता रोहित अधिकारी आशिरमान देशराजको लुक्स र फ्यान क्रेजको कारण १५ लाखमा आफ्नो फिल्ममा अफर गरेको बताएका छन् । चलचित्रलाइ रोहित अधिकारी , दिपक खतिवडा र रुपक थापा मिलेर बनाउन लागेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4