एजेन्सी । वेश्यावृतिको आरोपमा गिरफतार भएकी भारतीय चर्चित अभिनेत्री श्वेता बसु प्रसाद रिहा भएकी छिन् । गत सेप्टेम्बरमा हैदरावादको एक होटलबाट आपत्तिजनक अवस्थामा पक्राउ परेकी थिईन । पक्राउ गरेपछि उनलाई भारतीय तल्लो अदालतले ६ महिनासम्म रेस्क्यू होममा राख्न आदेश दिएको थियो।
श्वेताकी आमाले उक्त आदेशको खारेजीको माग गर्दै हैदरावादको नामपल्ली सेशन कोर्टमा अपिल गरेकी थिइन। अदालतले सो आदेशको खारेजी गरेपछी उनी करिब दुई महिनाको रेस्क्यू होमको बसाईबाट मुक्त भएकी हुन।
सन् २००२ मा भारतीय फिल्म ‘मक्दी’का लागि सर्वोत्कृष्ट बालकलाकारको नेसनल अवार्ड पाएकी भारतीय अभिनेत्री श्वेताले त्यसपछि थुप्रै हिन्दी सिनेमा, टिभी सिरियलहरु र तेलगु फिल्ममा अभिनय गरेकी छिन् ।