कलिउड अपडेट , काठमाण्डौ ।
नर्बेमा खिचिएका बोबीको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । कबिता गुरुङ र उमेश थापाको रियल लभस्टोरी लाइ चलचित्रमा प्रस्तुत गरिएको छ । चलचित्रमा पनि कबिता र उमेशको मुख्य भुमिका रहेको छ ।
बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा राजेश पायल राई र दीपा लामाको स्वर रहेको छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । यस फिल्मका निर्देशक मिलन चाम्स हुन् । निर्माता पनि उनी स्वयं हुन् । ‘