Like us on facebook

Advertisements

  • भदौ ३ गतेबाट ‘वीर विक्रम’

    चैत्र १२ , कलिउड अपडेट ।
    फिल्म ‘वीर विक्रम’ले आफ्नो प्रदर्शन मिति तोकेको छ । मिलन चाम्स निर्देशित यो फिल्म अब भदौ ३ गतेबाट देशभर रिलिज हुने भएको छ । निर्माता एवं निर्देशक मिलन चाम्सले एक साता अगाडि नै आफूले एक टेलिभिजनबाट मिति घोषणा गरेको बताए । उनले काठमाण्डौका वितरक गोविन्द शाही र गोपाल कायस्थ, काठमाण्डौ बाहिर केदार पराजुलीले फिल्म वितरण गर्ने समेत जानकारी दिएका छन् ।

    birbikram
    कमेडी शैलीको यो फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही र नव–अभिनेत्री दीया पुन मुख्य भूमिकामा छन् । फिल्मको हङकङ र यूकेमा रेड कार्पेट प्रिमियर गर्ने तयारी पनि गरिएको छ । विदेशमा फिल्म चलाएपछि नेपालमा भने भदौ ३ मा चलाउने निर्णय भएको मिलनको भनाई छ । फिल्मका ४ पात्रको लुकलाई लिएर दर्शकमा उत्सुकता बढिसकेको छ । फिल्मको एक गीतले युटुबमा राम्रै दर्शक पाएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4