Like us on facebook

Advertisements

  • विर विक्रम २ को पोखरामा लफडा, नायिका बर्षाले मागीन् माफी !

    कलिउड अपडेट(सुरज पौडेल) ।

    विर विक्रम २ को प्रचारप्रसारको क्रममा गएकाे शुक्रवार पोखरामा तनावको स्थिती सिर्जना भएको छ । सडकको विचमा सवारी आवतजावतमा अवरोध हुने गरी चलचित्रको टिमले कार्यक्रम आयोजना गरे पछि स्थानियले विरोध गरेका थिए ।

    माहानगरबाट कार्यक्रम गर्नका लागी अनुमति लिए पनि अनुमति पत्रमा सवारी आवतजावतमा बाधा नपर्ने गरी तथा ध्वनि प्रदुषण नहुने गरी कार्यक्रम गर्ने अनुमति दिईएको पत्रमा उल्लेख गरिएको छ । साथैं चलचित्रको प्रमोशनको कार्यक्रमको क्रममा स्थनियको व्यवसायमा पनि अवरोध पुगेको स्थानियले गुनासो गरेका थिए ।

    कार्यक्रममा तनावको स्थिती आए पछि नायिका बर्षा शिवाकोटीले छोटो प्रतिक्रिया दिदैं भनेकी छिन्–“हाम्रो प्रमोशनको पार्ट हो यो र हाम्रो कारणले कसैलाई प्रोब्लम भएको भए सरी भन्न चाहान्छौं ।”
    त्यस्तैं निर्देशक मिलन चाम्ले प्रतिक्रिया दिदैं– अब आईन्दा त्यस्तो स्थानमा कार्यक्रम नगर्ने बताए ।
    चलचित्र विर विक्रम २ को टिम अहिले चलचित्रको प्रमोशनका लागी देश दौडाहमा लागेको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4