Like us on facebook

Advertisements

  • बिराज र निकिता यस्तो अवस्थामा भेटिए फोटो फिचर

    कलिउड अपडेट ।
    ४ बर्ष अघि रिलिज भएको चलचित्र जय पर्शुराम बाट बिराज भट्टले गज्जवको कमव्याक होला भनेर सोचेका थिए तर भयो बिपरित । यतिबेला बिराज भट्ट साङ्लोको लागी मरिमेटेका छन् । यो फिल्म उनकै निर्देशनमा बनेको फिल्म पनि हो । चलचित्रको एक गीत चरिले काफल टिप्यो सार्वजनिक भए पछि साङ्लो फिल्मले हाइप पाइरहेको छ । गीतले तारिफ बटुलिरहेको छ ।

    चलचित्र साङलो बाट पूर्व मिस नेपाल निकिता चन्डकले डेव्यू गरेकि छिन् । बिराज र निकिताको जोडिलाइ रुचाइएको छ । नायक एव निर्देशक बिराज भट्टले फिल्म साङ्लो बाट ठूलो आशा पनि राखेका छन् । केहि दिन अघि अर्को गीतको छायांकन गरिएको छ । जहाँ बिराज भट्ट रफटफ भएर देखा परेका छन् भने निकिता बोल्ड रुपमा देखा परेकि छिन् । चलचित्र साङ्लो मृगौला तस्करीको बिषयमा निर्माण भएको बुझिएको छ । चलचित्र फागुन १४ गते बाट प्रर्दशन हुदैछ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4