Like us on facebook

Advertisements

  • ‘अब ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्ने कलाकार जन्मिन्छन् ‘ : बिमल सुवेदी

    असार ७ कलिउड अपडेट ।

    अन्तराष्ट्रिय बजारमा नेपाली कलाकारले पनि प्रतिस्पर्धा गर्न सकुन् भन्ने उदेश्यका साथ रंगकर्मि बिमल सुवेदी कान्तिपुर फिल्म एकेडेमिमा आवद्ध भएका छन् । उनी कान्तिपुर फिल्म एकेडेमिका अभिनय बिभागका प्रमुख हुन् । कलाकारीताको अन्तराष्ट्रिय स्तर लाइ नजिक बाट नियालेका सुवेदीले अव नेपालमा पनि अन्र्तराष्ट्रिय स्तरको अभिनय प्रशिक्षण दिइने बताएका छन् ।


    स्टेजमा गरीने अभिनय होस या सडकमा गरिने अभिनय होस , अथवा फिल्मको पर्दामा गरीने अभिनय नै किन नहोस् , अभिनय अभिनय नै हो । सवैको फाउन्डेसन एउटै हुन्छ । तर नेपालमा स्टेजमा अभिनय गर्ने कलाकारलाइ फिल्ममा अभिनय गर्न गाह्रो हुने , फिल्ममा अभिनय गर्ने कलाकार लाइ स्टेजमा गाह्रो भइरहेको देख्न सकिन्छ । कलाकारले आफूलाइ पर्दा र स्टेजमा गरिने अभिनयको लागि सदैव तयार राख्नु पर्ने उनको भनाइ छ ।
    आफूले सिकेको कुरा बिधार्थिमा बाड्न तथा एक सक्षम कलाकार बनाउने लक्ष्य रहेको सुवेदीको भनाइ छ । आफ्नै नेतृत्वमा सुरु भएकाे सस्था थियटर भिलेज बाहेक अन्य सस्था मा हाल सम्म अाैपचारीक रुपमा आवद्ध नभएका बिमल सुवेदी अन्तराष्ट्रिय स्तरकाे अधययन को लागि चाहिने भौतिक सुबिधा कान्तिपुरले दिएको कारण यो फिल्म एकेडेमिमा आवद्ध भएको बताएका छन् । जहाँ बाट ग्लोबल मार्केटमा प्रतिस्पर्धा गर्न सक्ने कलाकार उत्पादन गर्ने अाफ्नाे पहिलो लक्ष्य रहेकाे उनले दावि गरे ।

    को हुन् बिमल सुवेदी ?

    एक्टर स्टुडियो काठमाण्डाै बाट प्रारम्भिक अभिनय कक्षा लिएका बिमल सुवेदी नेपालका यस्ता एक मात्र व्यक्तित्व हुन् जसले न्यू दिल्ली को National School Of Drama (NSD) बाट Theater Techniques ,Design र Direction मा specialization गरेका हुन् । जुन काेर्ष अभिनय बिधामा ग्राजुएसन गरेका हरुलाइ मात्र गराइन्छ । NSD विश्वमै अभिनय पढाउने राम्राे स्कुल मध्येमा पर्छ । जहाँ बाट बलिउडमा स्थापित कलाकारहरु अाेम पुरी , नसिरुद्धिन शाह , इमराज खान , जवाजुद्धिन सिद्धिगी लगायतका कलाकारहरु उत्पादन भएका छन् ।
    उनले Southbank Centre London मा , भारत रँग महाेत्सव मा , NSD india , पाकिस्तानकाे international Theater Festival मा अाफ्ना नाटकहरु प्रस्तुत गरीसकेका छन् ।

    उनले सेक्सपियरको फाउन्डेसन सेक्सपियर ग्लोव कम्पनी सँग मिलेर हेम्लेट बिभिन्न देशमा प्रस्तुत गरेका थिए ।  सुवेदी World Theater Forum नयाँ दिल्ली २०१५ को डिजाइनर र कोर्डिनेटर पनि हुन् ।
    ओटिजी इन्टरनेशनल थिएटर अवार्ड २०१६ को अवार्ड हात पार्न सफल सुबेदीले SRFTII र FTII INDIA बाट फिल्म मेकिङ्गको कोर्षपनि हासिल गरेका छन् । सुवेदी National School Of china , National School Of Drama (NSD),Maradokmai community Theater Thailand , National State FIlm and Television Institute Of Rohtak India , Oscar International FIlm college Kathmandu सँग टिचरकाे रुपमा अावद्ध छन् ।
    हाल सुवेदी ओस्कार इन्टरनेशलन फिल्म कलेज मा पनि Iफिल्म मेकिङ्ग पढाउनुको साथै उनि थिएटर भिलेज नेपालको फाउन्डर डिरेक्टर पनि हुन् । विश्वमा नाम चलेका अभिनय प्रशिक्षक मध्ये बिमल सुवेदि पनि एक हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4