सुदुर पश्चिमको कैलाली बाट पत्रकारीताकै शिलशिलामा २ बर्ष अघि काठमाण्डौमा प्रवेश गरेका बिकाश लामिछाने सुरुवातका दिनमा रेडियो कार्यक्रम प्रस्तोता हुन् ।
परिवारको एक्लो छोरो भए पनि कलाकार बन्न कै लागि काठमाण्डौ छिरेका उनले पत्रकारीताकै बाटो रोजे । जुन बाटोले उनलाइ सहजै कलाकारीतामा प्रवेश गराउन सहयोग गर्ने थियो । राजधानि प्रवेश पछि उनको कलाकारीताको ढोका खुलेको छ । उनले अभिनय गरेको पहिलो म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
नित्या शिवाको स्वर रहेको ‘मेरो दीलमा तिमीले छुरा रोप्यौ।।’बोलको गीतबाट म्युजिक भिडियोबाट बिकास मोडलिङ समेत देखिएका छन् । त्रिकोणत्मक प्रेमकथाको थिम उठाइएको भिडियो शंकर अधिकारी घायलले निर्देशन गरेका हुन् । भिडियोमा बिकाशले काजोलसँग बिबाह गरेको समेत देख्न सकिन्छ । मुकेश हुमागाईको छायांकन रहेको भिडियोमा नृत्य सियोन श्रेष्ठले दिएका छन् । भिडीयोमा आफ्नी श्रीमतिलाइ दीलमा छुरा रोपेर् अर्कै केटी सङ बिकाले रोमान्स गरेको समेत देख्न पाइन्छ। यही भिडीयोबाट मोडलिङमा पनि देखिएका बिकासले अभिनय गरेको अर्को गीत सैयौ डाडा काटेर भने अर्को साता रिलीज हुने छ ।