Like us on facebook

Advertisements

  • बिकास बोर्ड अध्यक्षद्धारा चलचित्रकर्मी कल्याणकारी कोषको रकम हस्तान्तरण

    सुरज पौडेल , माघ १६  ।

    चलचित्र विकास बोर्ड अन्र्तगत रहेको चलचित्रकर्मी कल्याणकारी कोषले चलचित्रकर्मीहरुलाई सहयोग गरेको छ । बिगत केही समय देखि स्वस्थ्यमा समस्या देखिए पछि उपचार गराइ रहेका वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार हरि प्रसाद रिमाललाई कल्याणकारी बोषले चार महिनाको मासिक भत्ता प्रदान गरेको छ ।


    बोर्डमा अध्यक्ष रित्त भएपछि विगत चार महिना देखि चलचित्रकमीहरुले बोर्डबाट प्राप्त गर्दै आएको सहयोग रकम रोकिएको थियो । बोर्डमा निकिता पौडेलको नियुक्तीसंगै कल्याणकारी कोष पुनः आफ्नो काममा जुटेको छ । बिकास बोर्ड अध्यक्ष पौडेल सहति कोष संचालक समितिका संयोजक बशुन्धरा भुषाल सहितको टोली रिमालको घर पुगेर मासिक भत्ता हस्तान्तरण गरेका हुन् ।
    नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धीका योगदान दिनु हुने वरिष्ठ चलचित्रकर्मी तथा सहयोगको खाँचो परेको बेला कल्याणकारी कोषले सहयोग गर्दै आएको छ ।
    मासिक भत्ता बोर्डमै लिन आउंने व्यवस्था भएपनि बोर्ड अध्यक्ष निकिता पौडेल चलचित्रकर्मीहरुको स्वस्थ्य स्थीति बुझ्न घर घरमै पुगेर सहयोग हस्तान्तरण गरी रहेकी छिन् ।
    यस्तै वरिष्ठ चलचित्रकर्मी जयनेन्द्र चन्द्र ठाकुरको घरमै पुगेर चार महिनाको कल्याणकारी कोषको रकम हस्तान्तरण गरिएको छ ।
    यता नेपाली चलचित्रको इतिहासमा महत्वपुर्ण भुमिका खेल्नु भएका वरिष्ठ मेकअप आष्र्टिष्ट इन्द्र लामालाई नगद १ लाख सहयोग बोर्डले गरेको छ । किड्नीले काम नगर्ने भएपछि हाल मनमोहन अस्पताल स्वयम्भुमा लामाको उपचार भइरहेको छ ।
    नेपाल चललचित्र प्राविधिक संघका अध्यक्ष पुष्कार लामाको समन्वयनमा बोर्ड अध्यक्ष निकिता पौडेल सहतिको टिमले लामाको उपचारका लागि १ लाखसहयोग प्रदान गरिएको हो । यता लामो समय देखि उपचारत सफल लेखक तथा निर्देशक मौनता श्रेष्ठलाई पनि बोर्डले १ लाख सहायेग गरेको छ ।
    चलचित्र क्षेत्रको विकास, प्रवद्र्धन र सम्वद्र्धनका लागि स्थापित चलचित्र विकास बोर्डले त्यो काम संगै चलचित्र क्षेत्रको विकासमा महत्वपुर्ण भुमिका खेल्नु हुने चलचित्रकर्मीहरुको सम्मान, सहयोग र सदभावलाई आत्मसाथ गर्दै आफु अगि बढ्ने बोर्ड अध्यक्ष निकिता पौडेलले जानकारी दिनु भएको छ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4