Like us on facebook

Advertisements

  • ‘बिगतका कमजोरीलाइ स्विकार गरेको छु’ : बिकाश आचार्य (निर्देशक)

    कलिउड अपडेट ।

    चलचित्र नाइ नभन्नु ल ५ को एउटा गीत बाहेक अरु सबै छायांकन सकाएर पोष्टप्रोडक्सनको काम आरम्भ गर्न लागेका निर्देशक बिकाश आचार्य जब सम्म दर्शकले नाइ नभन्नु ल को ब्रान्डलाइ माया गर्नु हुन्छ तव सम्म नाइ नभन्नु ल बनिरहने बताएका छन् ।

    रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम कलिउड अपडेट मा सन्चारकर्मि दयाराम घिमिरे संग कुरा गर्दै चलचित्र नाइ नभन्नु ल ६ को पनि काम सुरु भइसकेको खुलाएका छन् । चलचित्र नाइ नभन्नु ल ३ र ४ त्यस अघिका १ र २ भन्दा कमजोर रहेको स्विकार गर्दै त्यो कमजोरीलाइ आत्मसाथ गर्दै नाइ नभन्नु ल ५ लाइ दमदार बनाएको बताएका छन् । नयाँ देखि पुराना पुस्ताका कलाकारहरुको बराबरि उपस्थिति रहेको नाइ नभन्नु ल मा पुरानो फिल्मी जोडि निरुता सिं र दिलिप रायमाझी लाइ पुन पर्दामा संगै देख्न पाइने छ ।
    साथै अहिलेको पुस्ताका स्थापित कलाकारहरुको जम्बो टोलि फिल्ममा छ ।

    नाइ नभन्नु ल ब्रान्डमा सेन्टिमेन्सलाइ बिषेश स्थान दिइन्छ जुन कुरा ३ र ४ मा कमि भएको थियो तर ५ मा सेन्टिमेन्सले दर्शकलाइ भरपुर मनोरन्जन दिने आचार्य बताउछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4