फागुन ७ , कलिउड अपडेट ।
यहि चैत्र १३ देखि प्रर्दशन आउन लागेको चलचित्र भूलभूलैयाको ट्रेलर सार्वजनिक गरिएको छ । योगेश घिमिरेको निर्देशन रहेको चलचित्र भुलभुलैयामा जिवन लुइटेल , निता ढुंगाना र सोहित मानन्धर को प्रमुख भूमिका रहेको छ । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रमा सुशिल कार्की, मणिराज कार्की, सुरेश गौतमको लगानी छ । चलचित्रका कार्यकारी निर्माता निरज ढकाल हुन् ।
चलचित्रमा शिवम अधिकारीको लेखन, बाबु श्रेष्ठको छायांकन रहेको यो चलचित्रका गित संगितलाइ दर्शकले रुचाइरहेका छन् ।