Like us on facebook

Advertisements

  • भिभिआइपि शो मा भोर लाइ तारिफ

    कलिउड अपडेट ।
    मंगलबार बिहान चलचित्र भोरको भिभिआइपि शो आयोजना गरिएको थियो । जयनेपाल हलमा आयोजित प्रिमियर शो मा बिभिन्न दलका शिर्षस्थ नेता , बिभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तित्व ले चलचित्रलाइ हेरेका थिए ।

    मधेसको जटिल समस्याको रुपमा रहेको दाइजो प्रथाको बिषयलाइ समावेश गरीएको चलचित्र भोरलाइ चलचित्र हेरी सके पछि सर्बत्र तारिफ बटुलेको छ । दाइजो को बिषयमा कसरी एक नारी शोषित हुन्छन् भन्ने चलचित्रले उठाएको प्रमुख मुद्धा हो ।
    जनकपुर मा छायांकन भएको यो चलचित्र को मेकिङ समान्य रहे पनि चलचित्रले उठान गरेको बिषय भने महत्वपूर्ण रहेको दर्शकहरुले प्रतिकृया दिएका छन् ।

    स्थानिय भाषा , स्थानिय रहनसहन , स्थानिय लवज लाइ चलचित्रमा जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ । यादव भट्टराइको निर्देशन रहेका चलचित्र को कथा कृष्ण धाराबासिले लेखेका हुन् ।
    चलचित्रलाइ राज तिमल्सिना र रामगोपाल थापाको लगानि रहेको छ भने चलचित्रका कार्यकारी निर्माता देवेन्द्र प्रसाद पराजुलि हुन् ।

    तस्विर : नेपालीवुड

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4