Like us on facebook

Advertisements

  • लमजुङमा गुरुङ समुदायको भेडि गोठ को छायाँकन सम्पन्न

    बैसाख ३१ ,जनक श्रेष्ठ, लमजुङ ।
    मिलन डिजि इन्टरनेस्नल प्रालिको ब्यानरमा पहिलो गुरुङ चलचित्र भेडि गोठको छायाँकन सम्पन्न भएको छ । गुरुङ चलचित्र भेडि गोठ लमजुङका पर्यटकिय गाउँ इलमपोखरी, भारते ढिन गाउँमा छायाँकन भएको छ । यस चलचित्रको बाकी छायाँकन तनहुको भानु १ खहरेमा समेत छायाँकन गरिएको छ । प्रकाश गुरुङले यस चलचित्रको छायाँकन बैसाख १ गतेबाट सुरु गरी केही दिन अघि मात्र सकिएको हो ।bhedigoth- lamjung

    निर्माता दुर्ग गुरुङ (मिलन) ले निर्माण गरेको यस चलचित्रमा गुरुङ समुदायको परम्परागत चल्तिचलन,गोठालाको मायाँ प्रेम र रमनिय विभिन्न ठाउँलाई समावेश गरीएको छ । यस चलचित्रले गुरुङ समुदायको लोपहुदै गएको परम्परा देखिको भेडि गोठलाई समाबेश गरी यहिलेको समुदायलाई आफ्नो परम्परागतका चल्तिचलनलाई जोगाई राख्नु पर्छ भन्ने राम्रो सन्देश दर्शक सामु पुग्ने निमार्ण युनिटको भनाइ छ ।

    चलचित्र भेडि गोठको छायाँकन सकिए लगतै चलचित्र युनिट सम्पादनको तयारीमा रहेको छ । यस चलचित्रमा निर्देशन / लेखक / रचना सुवास गुरुङको रहेको छ भने सह छायाँकन सुकेन्द्र गुरुङले गरेको छ । यस चलचित्रमा अश्मी गुरुङ, राजेश गुरुङ, ध्वज गुरुङ, गौरी गुरुङ, मेख राज गुरुङ, खुसी गुरुङ, सनम गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । संगीत आर के गुरुङ, बसन्त सापकोटा र सुर्य गुरुङको रहेको छ । यस्तै मेलिना राइ, आर के गुरुङ, शान्ति गुरुङ, सुवास गुरुङ र बसन्त सापकोटाले स्वर दिएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4