भाद्र ८ , कलिउड अपडेट ।
प्रर्दशनको लागि ३ दिन बाँकि रहदा सम्म चलचित्र भैरवको सेन्सर पास भएको छैन । सेन्सर बोर्डले फिल्म हेरि सकेपछि बोर्डले चलचित्र लाइ सेन्सर पास गर्न सकेन र गृह मन्त्रालय लाइ गुहारेको छ ।
यतिबेला मधेसमा आन्दोलन चर्किएको छ , नरसंहार बढिरहेको यो बिषम परिस्थितिमा फिल्मले मधेसलाइ प्रभाव पार्ने सम्भावना देखेर सेन्सर बोर्ड एक्लैले पास गर्न नसकेको हो । अव गृह मन्त्रालयका सचिव तथा सभासद्ले हेरे पछि मात्र भैरव सेन्सर पास हुन सक्ने बुझिएको छ । तर यहि १ २ दिनमा नै जसरी भए पनि भैरव पास भएमा मात्र फिल्म भाद्र ११ गते रिलिज हुन सक्छ । तर देशको यस्तो परिस्थितिमा गृहमन्त्रालयका सचिब तथा सभासद्ले तत्कालै समय देलान् त ?
निखिल उप्रेति निर्देशित चलचित्र भैरवमा तराइमा हुने आतंक , लुटपाट देखाइएको छ । फिल्ममा निखिल एक देशभक्त प्रहरी अफिसरको भूमिकामा देखिएका छन् ।