माघ २० , कलिउड अपडेट ।
चलचित्र भाग सानी भागले अस्ट्रेलियामा भब्य प्रिमियर समपन्न गरेको छ । नेपालमा चैत्र पाच गते प्रर्दशन आउने यो चलचित्रलाई अष्ट्रेलियाको डार्बिन शहरबाट गएको जनवरी २९ मा भब्य रेड कार्पेट सहित प्रिमियर गरीएको हो । प्रिमियर पछि अष्ट्रेलियाको पर्थ शहरमा जनवरी ३१ मा अर्को शो समपन्न गरीएको निर्माता बिष्णु चापागाईले बताउनु भयो ।
प्रिमियर शो संगै भएका शो हरुमा दर्शकहरुको बाक्लो उपस्थीती रहेको बताईएको छ । चलचित्रले अस्ट्रेलियाको क्यानबेरामा फ्रेवरी ५ मा सिडनीमा फ्रेबवरी ६ र ७ मा मेलबर्नमा फ्रेबवरी १३ र १४ मा एडिलेड शहरमा फ्रेबवरी १९ र ब्रिसबेनमा फ्रेबवरी २१ म प्रर्दशन गर्दै छ । चलचित्रमा सानीको भुमिकामा अभिनय गरेकी नायिका केकी अधिकारी र देब को भुमिकामा अभिनय गरेका नायक सबिन श्रेष्ठको अभिनयलाई दर्शकहरुले अत्यान्तै मन पराएको प्रतिकृया छ ।
नेपाली चलचित्रको बिश्वबजारीकरणलाई बिस्तार गर्ने उदेश्यले चलचित्र भाग सानी भाग लाई अष्ट्रेलियाबाट प्रिमियर गरेको गैर आबासिय नेपाली संघ एन आर एन एबं चलचित्रका निर्माता चापागाईले बताएका छन । चलचित्र हेरेर अस्टे«लियाका दर्शकहरुले चलचित्रको कथा संगै गित स¨ितको पनि तारिफ गरेका छन । नबल नेपालको निर्देशनमा बनेको यो चलचित्रलाई चापागाईले संगीतकार चेतन सापकोटा बेल्जियम निबासी शहदेब गौतम र अमेरीका निबासी बिलोन पोख्ररेलसंग मिलेर निर्माण गरेका थिए ।