मंसिर १६ , कलिउड अपडेट ।
चलचित्र भाग् सानि भाग् अव प्रर्दशनको लागि तयार भएको छ । चलचित्र भाग सानि भाग् को नाम को कारण धेरैले बलिउड बाट नाम साभार गरिएको समेत भनेका थिए किनकि बलिउड मा भाग् मिल्खा भाग् नामक चलचित्र निर्माण भएको थियो तर निर्देशक नवल नेपाल यो चलचित्र भाग् सानि भाग् एक बिशुद्ध नेपाली सिनेमा भएको बताएका छन् ।
कथा अनुसार को नाम ठ्याक्कै मिलेको बताउदै निर्देशक नेपालले फिल्मले युवा युवतिको सपना लाइ प्रतिनिधित्व गर्ने बताएका छन् । युवा युवतिको माया प्रेम सफा ढंग बाट प्रस्तुत गरिएको चलचित्र भाग् सानि भाग् भएको उनको दाबि छ । बिष्णु चापागाइको प्रस्तुति यस चलचित्रलाइ सहदेव गौतम र बिलोल पोखरेलले निर्माण गरेका हुन् भने कार्यकारी निर्माता चेतन सापकोटा हुन् । चलचित्रका गितमा संगितकार चेतन सापकोटाको संगित सुन्न सकिने छ । चलचित्रमा केकि अधिकारी र सबिन श्रेष्ठको मुख्य भूमिका रहेको छ । साथै रमेश बुढाथोकि , निर शाह , शुशिल पोखरेल , लय संग्रौला , गिता अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ दिव्यराज सुवेदीले छायांकन गरेका हुन् भने चलचित्रका गितमा कबिराज को नृत्य निर्देशन हेर्न सकिने छ ।
अनन्त थपलियाले चलचित्रलाइ सम्पादन गरेका हुन् भने द्धन्द निर्देशन हिमाल केसिले गरेका छन् । चलचित्र चैत्र ७ गते देखि प्रर्दशनमा आउदैछ ।