Like us on facebook

Advertisements

  • बेसिशहरको एक पर्दामा दुइ फिल्म , को अगाडि ?

    १२ बैसाख २०७३ , जनक श्रेष्ठ , लमजुङ ।
    चलचित्र बाटो मुनिको फूल २ बेसीशहर स्थित अन्नपुर्ण चलचित्र मन्दिरमा प्रदर्शन भइरहेकाे छ । चलचित्र हेर्नलाई १२ बजे देखि ३ बजेको सो रहेको छ । यस चलचित्र हेर्नका लागी दर्शकको बाक्लो उपस्थिति रहेको छ, गायक एवं नायक यशकुमारको यस अघिको चलचित्र बाटो मुनिको पूलले पनि धेरै दर्शकको साथ पाएकोे थियो । चलचित्रमा समाजमा हुने छुवाछुत विरुद्व र अन्तरजातिय प्रेम कथा समेटिएको छ । यस चलचित्रले समाजमा राम्रो सन्देश तथा चेतना दिएको र चलचित्र राम्रो भएको दर्शकको प्रतिक्रिया रहेको छ । चलचित्र बाटो मुनिको फूल २ मा यशकुमार,बाबु बोगटी, दिलीप रायमाझी, रीमा विश्वकर्मा,अर्पण थापा,ऋचा शर्मा,टीका पहारी,अशिष्मा नकर्मी लगायतका कलाकारको भुमिका रहेको छ । यस चलचित्रलाई निर्देशन गरेका छन् सवर्ण थापाले भने बाबु बोगटी र यशकुमारले संगीत दिएका छन् ।
    lamjung
    एकै साथ प्रदर्शनमा आएको हांस्या चलचित्र हाउ फन्नी पनि अन्नपुर्ण चलचित्र मन्दिरमा प्रदर्शन भएको छ । पूर्व मिस नेपाल माल्भिका सुब्बाले निमार्ण गरेको चलचित्र हाउ फन्नीलाई दर्शले मन पराएका छन् । यस चलचित्र हेर्नलाई बढि युवायुवतीको उपस्थिति रहेको थियो । चलचित्र हेर्नलाई ३ बजे देखी ६ बजेको सो रहेको छ । यस चलचित्रले दर्शकलाई निकै हसाएको थियो । हास्या चलचित्र मनपराउने दर्शकको लागी अवस्य एक छोटी हेर्र्नै पर्ने चलचित्र हाउ फन्नी, दर्शक ज्योती तामाङले बताइन् । यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, विजय बराल, शिशिर राण, अनुपविक्रम शाहीको भुमिका रहेको छ । संगीत दिएका छन् बसन्त सापकोटा,सुरेश अधिकारी,शैलेश सिंह,शैलेन्द्र श्रेष्ठले भने पहिलो पल्ट निर्देशक निलु डोमा शोर्पाले निर्देशन गरेका छन्। दुवै चलचित्र ले दर्शककाे बराबर साथ पाएका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4