Like us on facebook

Advertisements

  • बेनिशा र मुकुन भाँडाकुटी खेल्दै

    कलिउड अपडेट । घटस्थापनाको शुभअवसरमा शनिवार नयाँ फिल्म घोषणा गरिएको छ । दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म भाँडाकुटीको शनिवार राजधानीमा सामाजिक दुरी कायमगर्दै एक कार्यक्रम बीच औपचारिक घोषणा गरिएको छ ।
    नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाल लगायतको अभिनय रहने फिल्म भाँडाकुटी आउँदो फाल्गुनमा वुटवल आसपासका ठाउँमा छायाँकन गरिने बताइएको छ ।


    बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको फिल्मलाई किरण बिकले निर्देशन गर्दैछन् । किरण बिककै कथामा कमल खड्काले फिल्म निर्माण गर्न लागेका हुन् ।ओस्कार फिल्म कलेज पास आउट भएका यूवाहरुको समूह िफल्ममा हाबी छ ।
    २०७८ साललक्षित गरेर प्रदर्शन टार्गेट गरेको फिल्मलाई निश्चल पौडेलले खिच्ने भएका छन् । फिल्ममा राजकुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ । फिल्ममा गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् । झण्डै एक करोड लगानीमा नयाँ टिमले फिल्म भाँडाकुटी निर्माण गर्न लागेका हुन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4