कलिउड अपडेट ।
तीज नजिकिदै गर्दा विभिन्न कलाकारहरुले तीज गीत बजारमा ल्याईरहेका छन् । वैदेशीक रोजगारीको सिलसिलामा हाल जापानमा रहेका लोकगायक खेमराज पौडेल विगत लामो समयदेखि नेपाली लोक गीत संगित क्षेत्रमा एउटा परिचित नाम हो ।
अहिले सम्म उनले एक दर्जन भन्दा बढी गीतमा आवाज दिएका छन् । २०७२ सालको प्रस्तुति तीज गीतमा खेम राज पौडेल र सुनीता सुनारको आवाज भरिएको थियाे । यसै क्रममा प्रवासी लोकगायक खेमराज पौडेलले विगतका वर्षहरुमा झै यस वर्षपनी तीज गीत बजारमा ल्याएका छन् । विष्णु न्यौपानेको लय तथा शब्दमा तयार भएको उक्त तीज गीत ‘बेलाउती’ काे भिडियो खेमराज पौडेलको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ । सुमित लामा र वसन्त लामाले निर्देशन गरेको भिडीयोमा सगुन श्रेष्ठ र गिता राईको अभिनय देख्न सकिन्छ ।