चैत्र १९ , कलिउड अपडेट ।
बैसाख १० गते बाट प्रर्दशन हुने चलचित्र बाटो मुनिको फूल हेर्ने दर्शकले स्कुटर उपहार पाउने भएका छन् तर अन्र्तरजातिय बिबाह गर्ने दर्शकलाइ यो उपहार प्राप्त गर्ने छन् ।
आज सम्पन्न प्रेसमिटमा चलचित्रको निर्माण यूनिटले चलचित्रको बारेमा जानकारी दिदै यो अफर पनि सार्वजनिक गरेको छ । अन्तरजातिय बिबाह गरेका जोडिले फिल्म हेरेको टिकटको अधकट्टि र बिबाहदर्ता पठाउने मध्ये एकले स्कुटर पाउने भएका छन् ।
जातिय भेदभावको कथा उठान गरेको चलचित्र लाइ यसकुमारले निर्माण गरेका हुन् । सुवर्ण थापाको निर्देशन रहेको यो चलचित्रमा यसकुमार , दिलिप रायमाझि , आशिष्मा नकर्मि , ऋचा शर्मा , रिमा बिश्वकर्मा बाबु बोगटि लगायतका कलाकारको अभिनय रहेको छ ।