बलिउडका धेरै सिनेमा छायांकन गरीएको स्थानमा छायांकन गरिएको एक नेपाली गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । हिन्दि फिल्म रेशको क्लाइमेक्स खिचिएको यूएइ को अलआइन मा रहेको पहाडमा छायांकन गरिएका उक्त म्यूजिक भिडियो लाइ सन्चारकर्मि दयाराम घिमिरेले निर्देशन गरेका छन् ।
कलाकार मोहन बोगटि र सुनिता शर्माको अभिनय रहेको यस म्यूजिक भिडियो लाइ निर्देशक घिमिरेले नै खिचेका हुन् । यस भिडियो लाइ सम्पादन बिरेन्द्र भाट बिपिन ले गरेका हुन् । संगितकार तेनहाङ राइको दोश्रो गिती एल्वम सरलतामा समावेश गरिएको उक्त गितमा तेनहाङ राइको संगित , दयाराम घिमिरेको शव्द एव डेबिड शंकरको आवाज रहेको छ ।
पछिल्लो समय नेपाली गितको म्यूजिक भिडियो हरु पनि बिदेशमा लगेर छायांकन गरिन थालिएको छ ।