Like us on facebook

Advertisements

  • ‘बमकाजी’ बिरुद्ध अपराध अनुसन्धान महाशाखामा मुद्धा

    मंसिर २६ , कलिउड अपडेट ।
    भर्खरै मात्र हेलिकप्टर चार्टर गरि नायक नायीकालाइ लोकेशनमा पुर्याएर फ्लोरमा गएको चलचित्र बमकाजि छायांकन सुरु हुनासाथ लफडामा परेको छ । चलचित्र बमकाजि बिरुद्ध अपराध अनुसन्धान महाशाखामा मुद्धा परेको छ । कथाकार परिच्छेद सेनले सहमति अनुसार पारिश्रमिक नदिइ छायांकनमा गएको कारण उजुरी दिएको बुझिएको छ ।
    २०७३ श्रावण १९ गते नेपाल प्रतिलिपि अधिकार रजिष्टारको कार्यलय मा दर्ता भएको चलचित्र बमकाजिको स्कृप्ट लेखक परिच्छेद सेन उल्लेख छ । bamkaji-lafada

    निर्देशक खिलबहादुर गुरुङले अध्ययन गर्छु भनेर लगेको अनि त्यसपश्चात चित्तबुझ्दो लागेर २ लाखमा किनेको तर मंसिर ४ भित्रै १ लाख ८० हजार किस्तामा उपलब्ध गराउने सर्त विपरित रकम नदिई फ्लोरमा गएकोले गुरुङलाई ठगी मुद्धामा पक्राउ गरी ठगी गरेको रकम दिलाई पाउँ भन्ने व्यहोरा सहितको उजुरी परिच्छेदले दर्ता गराएका छन् ।उजुरीमा आफ्नो हस्ताक्षर बिना नै किर्ते गरेर चलचित्र विकास वोर्डमा ‘बमकाजी’को स्कृप्ट दर्ता गराएको समेत उल्लेख छ । । निर्देशक गुरुङसँगै निर्माता सुरेश कार्कीलाई विपक्षी बनाईएको उजुरी परिच्छेदले आईतवार प्रहरी कार्यालयमा दर्ता गराएका हुन् ।चलचित्र बमकाजीमा सौगात मल्ल र दिया पुन मुख्य भुमिकामा छन् ।

    तस्विर: फिल्मीखवर

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4