Like us on facebook

Advertisements

  • youtube-subscribe logo
  • बाग्मती सफाइमा १०० कडा १० , ४ वटा टिम ४ तिर

    कलिउड अपडेट , काठमाण्डौ ।
    यहि माघ १८ गते बाट प्रर्दशनमा आउन लागेको चलचित्र १०० कडा १० को टिमले शनिबार बिहान बाग्मती सफाइमा सामाजिक अभियन्ताहरुलाइ साथ दिदै बाग्मती सफाइ गरेको छ । नेपालीको आस्थाको रुपमा मानिएको बाग्मती सफाइमा चलचित्रका निर्देशक राम शरण पाठक , कलाकार अमृत ढुंगाना लगायतका टिमले बाग्मती सफाइ गरेका छन् ।

    सामाजिक अभियन्ताको साथ र सहयोगमा यस अधि पनि बिभिन्न समयमा फिल्मका कलाकार एव निर्माता निर्देशक बाग्मती सरसफाइमा सरिक हुदै आएका थिए । सामाजिक अभियन्ताहरुकै सहयोगमा यो चलचित्र निर्माण भएको निर्देशक पाठक बताउछन् । थापाथलि एरियामा भएको बाग्मती सफाइ पश्चात गरिएको एक साधारण कार्यक्रममा चलचित्रका निर्देशक पाठकले सामाजिक अभियन्ता बाग्मतीको सरसफाइ गरिरहनु भएकोमा खुसि व्यक्त गर्दै आफूहरु नेपाली समाजमा मौलाएको भ्रष्टचार र भ्रष्टचारीलाइ सफाइ गर्ने उदेश्यका साथ फिल्म निर्माण गरेको बताएका छन् । सरसफाइ पछि फिल्म यूनिट संग सामाजिक अभियन्ता तथा आर्मिहरु पनि दाइलाइ कुरा लाइदिने गीतमा नाच्दै रमाइलो गरेका छन् । माला खरेल, किशोर सिङ्ग शाही, ॐ बस्नेत, नारायण कुमार श्रेस्ठ, राजकुमार भट्ट्राई, कन्चन रावत, चक्र बहादुर चन्द डा राजु अधिकारी लगायतका अभियान्ता हरुले चलचित्रको सफलताको लागी शुभकामना दिएका छन् ।
    यस्तै फिल्मका निर्माता रज्जु प्रधान र मुख्य कलाकार राजाराम पौडेलको टिम थाइल्याण्डमा आयोजित फिल्मको शोमा सहभागी हुन थाइल्याण्ड पुगेका छन् भने चलचित्रका अर्का कलाकार मनोज गजुरेल फिल्मकै प्रचार प्रंसारकै लागी पोखरा पुगेका छन् । चलचित्रका नृत्य निर्देशक दिलिप उखेडा आँबु खैरेनिमा फिल्म प्रचारप्रसारकै लागी आयोजित नृत्य प्रतियोगीतमा प्रमुख निर्णायक भएर आँबु खैरेनि पुगेका छन् ।

    भ्रष्टचार बिरोधि रोमान्टिक फिल्म सय कडा दशले रिलिजको पूर्वसन्ध्यामा प्रचार प्रसारलाइ आक्रामक बनाउदै आएको छ । चलचित्रको एक गीत दाइलाइ कुरा लाइदिने यतिबेला सिनेबृत्तमा सबै भन्दा धेरै रुचाइएको गीत बनेको छ ।

    Share the News

    Related News

    Adverstisements


  •  

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4