Like us on facebook

Advertisements

  • बागमतिको सुरुवातको दश मिनेट अन्यन्तै महत्वपूर्ण , दर्शकलाइ फोन देखि बाइक सम्म

    पुस २३ , कलिउड अपडेट ।

    ट्रि इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्र बागमतीले अन्तीम चरणको पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्यो । बागमति फिल्मको बारेमा केहि जानकारी गराउदै फिल्मले बिभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । भोलि शुक्रकार बाट रिलिजि हुने यो फिल्म हेर्ने दर्शकले मोबाइल , सिक्रि , औठि हुदै इलेक्ट्रिक बाइक सम्म जित्न सक्ने कार्यक्रममा जानकारी गराइयो । BAGMATI PRESS RELEASE

    नेपाली फिल्मी बजारमा नयाँ टेक्नोलोजि भित्र्याएको दाबि गर्दैै सिनेमाटोग्राफि , भि एफ एक्स का साथै पावर फूल हलिउड स्तरको व्याकग्राउन्ड स्कोर रहेको उक्त कार्यक्रममा जानकारी गराइयो । उक्त कार्यक्रममा बोल्दै निर्मात्रि यसोदा राइले आज सम्म आइ पुग्दा सहयोग गर्ने सम्पूर्ण मिडिया , पत्रकार मित्र , फिल्म बितरक कम्पनी र फिल्मका कलाकार हरुलाइ धन्यवाद ज्ञापन गरेकि थिइन् ।
    BAGMATI PRESS RELEASE 01
    उनले फिल्मको सुरुवातमा देखाइने राजेश हमाल र शिव श्रेष्ठको फाइट छुटाउनै नहुने बताइको छ । किन भन्ने थाहा पाउन फिल्म नै हेर्नु पर्ने उनको भनाइ छ । राजेश हमाल सहभागि नभएको उक्त कार्यक्रममा पनि बागमतिको कथा बस्तु गोप्य नै राखियो ।
    यहि शुक्रकार बाट रिलिज हुने चलचित्र लाइ सन्नि केरलाले निर्देशन गरेका छन् । बिजय सत्यालको प्रस्तुति एव दिनेश दर्शनधारीको निर्माण रहेको यो चलचित्र मा राजेश हमाल , शिव श्रेष्ठ संगै केकी अधिकारी , रबिकर घिमिरे , कन्चन ठकुरी , श्रेया कार्कि लगायतका कलाकारको अभिनय रहेको छ ।

    कसरी पाउन सकिन्छ फोन देखि बाइक सम्म ?

    चलचित्रको हरेक टिकट संग एउटा कुपन बितरण गरिने छ , उक्त कुपन सोहि थिएटरको साइडमा राखिएको बक्समा जम्मा गरेर हरेक दिन सम्पूर्ण मल्टिप्लेक्स थिएटरहरुमा लक्कि ड्र गरि एक जना भाग्यशाली दर्शकलाइ चादीको सिक्का प्रदान गरिने छ । साथै हरेक हप्तामा मोबाइल फोन , होेलीडे प्याकेज , डिनर विथ आर्टिष्ट , सुनका गरगहनाहरु प्रदान गरिने छ । सम्पूर्ण दर्शकहरु बाट एक जनालाइ बम्पर उपहार इलेक्ट्रिक बाइक प्रदान गरिने छ । साथै उक्त कुपन पछाडि राखिएको अडिसन फर्म राखिएको र उक्त फर्मको अधकट्टि लिएर आउने दर्शकलाइ Next Big Star contest अडिसनमा फ्रि इन्ट्रि दिइने र बिजेतालाइ अर्को फिल्ममा अवसर प्रदान समेत गरिने छ ।

    ३ करोडको हाराहारिमा हल सम्म आएको यो फिल्मलाइ दर्शकको साथ कस्तो पाउने हो शुक्रबार रिलिज पछि हामि अपडेट गराउने नै छौ ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4