पुस १४ , कलिउड अपडेट ।
चलचित्र ‘बागमती’को प्रदर्शन मिति नजिक आउदै गर्दा चलचित्र युनिटले ‘बागमती -२ ‘निर्माण गर्ने घोषणा गरिएको छ ।चलचित्र ‘बागमती’का मुख्य निर्माता दिनेश दर्शनधारीले ‘बागमती -२ ‘को निर्माणको लागि सबै काम सकिएको भन्दै अहिले चेन्नईमा चलचित्रको संगीतको काम भै रहेको बताउनु भयो ।
चलचित्र ‘बागमती -२ ‘मा दुई जना निर्देशक हुने र जसमा भारत बाट निर्देशक सन्नी केरला र दक्षिण भारतीय प्राविधिकको नै प्रयोग गर्ने र नेपाल बाट पनि चलचित्रमा एक जना निर्देशक रहेने जानकारी दिनु भयो ।चलचित्र ‘बागमती’का नायक राजेश हमाल र शिब श्रेष्ठ मुख्य भूमिकामा देखिदै छन् ।चलचित्र ‘बागमती -२ ‘सांगीतिक तथा एक्शन चलचित्र हुने छ ।
चलचित्र ‘बागमती’को व्यपार जस्तो सुकै भए पनि हामीले चलचित्र ‘बागमती -२ ‘निर्माण गर्ने तयारी गरिएको र चलचित्रको फागुन महिना बाट सुटिंग सुरु गरिने चलचित्रका निर्माता बिजय सत्यालले जानकारी दिनु भयो ।चलचित्रलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण गरिने छ ।चलचित्र बागमती यहि पुष २४ गते बाट प्रदर्शनमा आउदै छ ।फिल्ममा राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, श्रेया कार्की,रविकर प्रसाद घिमिरे,बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ ।