असार ३१ , कलिउड अपडेट ।
नायक जिवन लुइटेल को प्रहरी अफिसर बनेका अशोक शर्मा बिच झगडा परेको छ तर फिल्म रिफ्यूजि भित्र मात्र ।
हाल झापाका बिभिन्न स्थानमा छायांकन भइरहेको चलचित्र रिफ्यूजी लाइ उदय सुब्बाले निर्देशन गरिरहेका छन् । चलचित्रलाइ मनोज राज बान्तबाले निर्माण गरेका हुन् ।
शरणार्थिका नाइकेको रुपमा देखा परेका जिवन लुइटेल र प्रहरी इन्स्पेक्टर बनेका अशोक शर्मा बिच बुधबारे झापामा मुक्का मुक्कि नै परेको हो । चलचित्रमा रिस्ता बस्नेत , निर शाह , बिपना बस्नेत लगायतका कलाकारको पनि अभिनय रहेको छ । चलचित्रका गितमा बिकाश चौधरीको संगित सुन्न सकिने छ ।