Like us on facebook

Advertisements

  • असार ११ देखि नयाँ फिल्म चल्ने , निर्मातालाइ सहुलियत

    adhkatti

    असार ११ गते देखि हलमा नयाँ फिल्म चल्ने भएका छन् । आज बसेको चलचित्र संघ र निर्माता संघ बिच बसेको बैठकमा यस्तो निर्णय भएको छ । गत बैसाख १२ गते गएको बिनाशकारी महाभुकम्पको कारण चलचित्र क्षेत्र ठप्प रहेको छ ।
    असारको दोश्रो साता बाट नयाँ चलचित्र प्रर्दशन हुने एफ डि कम्पनीका अध्यक्ष प्रदिप उदयले कलिउड अपडेट लाइ अपडेट गराएका छन् । कुनै चलचित्र नआए आफ्नै चलचित्र अधकट्टि भए पनि प्रर्दशन गर्ने उनको भनाइ छ । असार र श्रावण मा एफ डि अन्र्तगत प्रर्दशन हुने लभसव र भैरव पनि प्रर्दशन हुने र फिल्म चल्ने बाताबरण् एफ डिले बनाउने भएको छ ।
    यस्तै आज बसेको सो बैठकले श्रावण सम्म प्रर्दशन हुने फिल्मका निर्मातालाइ सिनेमा घरले बिशेष सुबिधा दिने निर्णय भएको छ । निर्मातालाइ शेर ८० प्रतिशत सम्म दिने , मिनिमम् ग्यारेन्टी , फिक्समा फिल्म किन्ने जस्ता सुबिधा निर्माताहरुले पाउनेछन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4