मंसिर २२ , कलिउड अपडेट ।
मंसिर १९ गते बाट प्रर्दशनमा आएको चलचित्र ‘नाइके’ ले देशभरका हलहरु लगायत राजधानीका हलहरुमा राम्रो प्रतिक्रिया पाएका छन् । आर्यन सिग्देलको पहिलो पटक एक्सन लुक्सलाई दर्शकले रुचाएका छन् । आर्यन लाई लबर व्यायको रुपमा मात्र नभएर एक्सन भूमिकामा पनि त्यतिकै दर्शकले मनपराएका छन् । यस चलचित्रमा पहिचानका साथ आफ्नो पारिवारिक बदलाका बीच समाजका कसिंगरलाई नाश गर्न जन्मने समाजको एक नाइके भन्ने कथाबस्तु रहेको छ ।
यस चलचित्रमा आर्यन सिग्देल , सुबिना कार्की , सारिका केसी , रेम वि.क लगायतको कलाकारको अभिनय रहेको छ । नेत्र गुरुङको निर्देशन रहेको यो चलचित्रमा बिष्णु हमालको कार्यकारी निर्माणमा जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्रीले निर्माणमा सहयोग गरेका छन् |