मंसिर ६, कलिउड अपडेट ।
बलिउडका व्यवसायीक तथा समिक्षात्मक रुपमा सफल सिनेमा राजनिति, सत्याग्रह, चक्रव्यूह, आरक्षण, अपहरण, कच्चे धागे, गुलाम, द लेजेन्ड अफ भगत सिंह, पुकार, चाईना गेट, द्रोहकाल जस्ता फिल्मका स्कृप्ट राईटर, २ दिने पटकथा लेखन कार्यशालाको लागी काठमाण्डौ आउने भएका छन् । डिसेम्बर १४ र १५ तारिखमा राजधानिको नेपाल टुरिजम बोर्डको हलमा सञ्चालन हुन लागेको उक्त कार्यशालाको लागी उनि कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।
भारतिय चलचित्रमा २५ बर्ष देखी काम गरीरहेका अन्जुम राजावली, स्कृप्ट राईटरसँगै भारतको दुई मुख्य ठुला फिल्म स्कुलहरु फिल्म एण्ड टेलिभीजन ईन्टीच्युट (एफ्टीआईआई), पुने र वीस्लीङ्ग वुड ईन्टरनेशनल, मुम्बईका स्कृप्ट राईटीङ्ग डिपार्टमेन्टका हेड टिचर पनी हुन् । उनले भारत लगायत विश्वका अधिकांश देशहरुमा पटकथा लेखन सम्बन्धी कार्यशाला सञ्चालन गर्दै आईरहेका छन तर नेपालको लागी भने उनको यो पहिलो पटक हुनेछ ।
कार्यशाला बारे जानकारी गराउदै कान्तिपुर फिल्म एकेडेमीका सिईओ प्रकाश पुरीले भने “बिगत एक बर्ष देखीको प्रयास पछी बल्ल उहाँको नेपाल आउने समय मिलेको छ । उहाँको यो वर्कशपले नेपाली चलचित्रको कथा छनौट, कथा बाचन शैली र पटकथा लेखनमा निखारता ल्याउछ भन्ने विश्वास गरेका छौँ ”
उक्त दुई दिने कार्यशालामा चलचित्रकर्मी र चलचित्र लेखनमा रुची भएका जो कोहीले पनी सहभागीता जनाउन पाउनेछन् । तर सिट क्षमता सिमीत भएकोले ईच्छुक सहभागीले कार्यशाला अगाडी नै मैतिदेवी स्थित एकेडेमीको कार्यलयमा गएर आफ्नो सिट सुरक्षीत गर्नुपर्ने कार्यशालाका व्यवश्थापक सन्जोग रसाईलीले जानकारी गराए ।