Like us on facebook

Advertisements

  • लाउरे बाट डेव्यू गर्दै तेश्रोलिङ्गी मोडल अन्जली लामा

    कलिउड अपडेट , काठमाण्डौ ।
    निर्माता सुनिल रावलले आफ्नो नयाँ चलचित्र ‘लाउरे’ मा तेस्रोलिंगी मोडल अञ्जली लामालाई फिल्म साइन गराएका छन् । ‘लक्मे फेसन विक’ मा पुगेर उक्त फेसन विकमा पुग्ने विश्वकै पहिलो तेस्रोलिंगी बनेर इतिहास रचेकी लामालाई निर्माता रावलले आफ्नो चलचित्र मार्फत डेब्यु गराउन लागेका हुन् ।
    अन्जली भारतमा रहेको कारण लिखित सम्झौता नभए पनि मौखिक रुपमा फिल्मको लागि सम्झौता भएको बताइएको छ ।

    ‘लक्मे फेसन विक’ मा नेपाल मात्र नभइ भारत तथा अन्य देशका समलिंगी तथा तेस्रोलिंगी समेत आजसम्म पुग्न सकेका थिएनन् । ‘लक्मे फेसन विक’ विश्वकै मोडलका लागि सपना हुने गरेको छ ।
    नयाँ तर क्षमतावान अनुहारलाई आफ्नो चलचित्रमा डेब्यु गराउँदै आएका रावलले ‘लाउरे’ मा गायक नरेन लिम्बुलाई मुख्य भूमिकामा अनुबन्द गरिसकेका छन् । लिम्बुको अपोजिटमा पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठ छिन् ।
    अञ्जलीको भूमिका ‘लाउरे’ मा के हुनेछ ?
    “अञ्जलीको भूमिका श्रृष्टिसँग समानान्तर हुनेछ, लिड रोलमा नै उनले अभिनय गर्ने्छिन ,” रावलले भने, “उनले स्क्रिप्ट हेरेर नै ओके गरेकी हुन् ।”
    को हुन् अञ्जली ?
    ३२ वर्षे अञ्जली नुवाकोटका जन्मिएकी हुन् । छोरोको रुपमा जन्मिएकी अञ्जलीको नाम उनका वुवा आमाले नवीन वाइवा राखिदिएका थिए । केटीको जस्तो व्यवाहार देखाउने उनलाई विद्यालय तथा काममा समेत छोरीको जस्तो स्वाभाव भन्दै जिस्काउने गर्थे ।
    आफू तेस्रोलिंगी भएको थाहा पाएपछि उनले ‘क्रस ड्रेस’ गर्न सुरु गरेकी थिइन् । सुरुमा परिवारले नै उनको पहिचानलाई अस्वीकार गरेपनि विस्तारै स्वाकारेको थियो । उनले केही वर्षअगाडि मात्रै ब्रेष्ट सर्जरी गरेकी थिइन् । उनको बारेमा ३५ मिनेट लामो डकुमेन्ट्री ‘अञ्जली’ समेत बनिसकेको छ । ‘अञ्जली’ को प्रिमियरमा उनले भनेकी थिइन, “परिवारको माया लाग्छ , सम्झना आउँछ, जान मन लाग्छ तर खुलेर बोल्दैनन् र म देखि खुसी छन् जस्तो लाग्दैन त्यसैले उनीहरुकै खुसीका लागि म घर जान्न ।”
    नरेन, श्रृष्टि र अञ्जलीसँगै चलचित्रमा विक्रम सिंह, मेरुना मगर लगायतका कलाकारको अभिनय देख्न पाइनेछ । दुर्गिश फिल्म्सको व्यानरमा बन्न लागेको चलचित्र ‘लाउरे’ लाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् ।
    आलोक शुक्लाको छायांकन रहने लाउरेमा जेशन कुँवर (नाइट व्यान्ड) को संगीत रहने रावलले जानकारी दिएका छन् । चलचित्र चैत १५ देखी काठमाडौं, धरान र दार्जि्लिङमा छायांकन हुनेछ ।
    चलचित्र निर्माणमा रावललाई सुवास लामिछाने, ईश्वर श्रेष्ठ र तुफान गौचन र भेषमणि श्रेष्ठ सघाउने छन् ।
    सायद , होष्टेल र होष्टेल रिटन्स निर्माण गरिसकेका निर्माता सुनिल रावल यतिबेला चलचित्र सायद २ को रिलिजको तयारीमा जुटेका छन् भने चलचित्र लाउरे बाट दर्शकलाइ बिल्कुलै फरक स्वाद दिने तयारी पनि गरिरहेका छन् ।

    Share the News

    Related News

    Adverstisements

  • Latest Videos

    • Video 1

    • Video 2

    • Video 3

    • Video 4