कलिउड अपडेट ।
कुनै समयका दुइ स्टार भुवन केसि र झरना थापाका सन्तान अनमोल केसि र सुहाना थापा बिचको अनस्क्रिन वर्क दर्शकले मन पराएका छन् । ए मेरो हजुर ३ मा देखिएका अनमोल र सुहाना लाइ दर्शकले औधि रुचाए पनि । एउटै फिल्म बाट सुहाना स्टार बनीन् । पर्दामा उनिहरुको जोडि सुहाउछ पनि ।
चक्लेटी लुक्स भएका अनमोल संग सुहाउने नायीका नेपालमै छैन भनिरहँदा सुहाना अनमोल लाइ म्याच भएकि छिन् ।
यसरी जोडिलाइ सबैले रुचाइरहदा अनमोल केसि र सुहाना पनि पर्दा पछि पनि नजिक छन् । उनिहरु अहिले मिल्ने साथि बनेका छन् । ए मेरो हजुर ३ रिलिजको समय यी दुइको प्रेमको चर्चा चलेको थियो । भुवन केसि ले पनि सुहानालाइ बुहारी बनाउन राजी भएको संकेत दिएका थिए ।
अनमोल केसि पनि सुहाना थापालाइ बिषेश प्राथमिकता दिन थालेका छन् । चर्चामा आएका फिल्ममा अभिनय नगरि पहिलो प्राथमिकता ए मेरो हजुर ४ लाइ दिए , जहाँ अनमोल संगै हुनेछिन् सुहाना थापा ।
दुइ फिल्मी फेमिली , दुइ स्टारका सन्तान बिच सम्वन्ध जोडिए झनै गज्जव हुने उनिहरुका फ्यान बताउछन् । के साच्चै यो जोडि पर्दामा मात्र नभइ रियल भइदिए तपाइलाइ चै कस्तो लाग्छ ?