कलिउड अपडेट ।
जापान मा बस्दै आएका गायक अमित सापकोटाको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा अमितलाइ साथ दिएकी छिन् देबि घर्तिले । गीतको शव्द एवं संगीत गायक अमित कै रहेको छ भने संगीत संयोजन यम थापाले गरेका छन् ।
गीतको भिडियोमा अमित र कबिता कँडेल फिचर्ड रहेका छन् ।गीतको भिडियो जापानमा नै छायाँकन गरिएको अमितले ए टु जेड समाचारलाई जानकारी दिए । उनका अनुसार गीतको भिडियो जापानको योकोहामा भन्ने शहरमा छायाँकन गरिएको हो ।
अमितले नै निर्देशन गरेको भिडियोलाई गोबिन्द बिष्टले खिचेका हुन् । छायाँकनमा उनलाई खेमराज पौडेल र सन्तोष सापकोटाले सहयोग गरेका छन्। भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ ।